कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता | Khabarhub Khabarhub

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

‘जेठ महिनाभित्रै स्थायी प्रकृतिका भौतिक पूर्वाधार निर्माण गरी छाडा चौपाया व्यवस्थापनको कार्यलाई टुङ्गोमा पुर्‍याउछौंँ’ उनले भने, ‘त्यसका लागि कार्य अगाडि बढाइसकेका छौँ ।’ उनका अनुसार हालसम्म छाडा चौपाया व्यवस्थापन गर्नका लागि रु १६ लाख बढी रकम खर्च गरिएको छ ।

 छाडा चौपाया व्यवस्थापन गरिएका पाँच वटै स्थानमा १५ हजार तलब दिने गरी हेरालाको व्यवस्था गरिएको उनले बताए। व्यवस्थापन गरिएका चौपायालाई चारोको व्यवस्था गर्ने र वन क्षेत्रमा चरनका लागि लैजाने ल्याउने कार्य हेरालाले गर्ने गरी राखिएको छ । 

छाडा चौपायालाई खुवाउनका लागि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा ५० क्वीन्टल प्लेट दाना, ५० ट्राली पराल प्राप्त भएको छ  । ५० हजार रकम खर्च गरेर नगरपालिकाले थप दाना र पराल खरिद गरी छाडा चौपायालाई खुवाउने कार्य भइरहेको नगर प्रमुख ओझोको भनाइ रहेको छ । 

नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा छिट्टै छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिन लागेको उहाँले जानकारी दिए ।
‘छाडा चौपाया व्यवस्थापनको कार्यका लागि दुवै स्थानीय तहबीच छलफल गरी सहमति भएको छ’ उनले भने, ‘दुवै स्थानीय तहले आधा-आधा लागत खर्च व्यहोर्ने गरी कार्य अगाडि बढ्छ ।’ नगरपालिका क्षेत्रमा विगतमा छाडा चौपायाका कारण किसानले निकै हैरानी खेप्दै आएका थिए । 

‘छाडा चौपायाले किसानले लगाएको अन्नबाली खाइदिने गरेकाले निकै नोक्सानी बेहोर्दै आएका थियौँ’ नगरपालिका-२ बाणिका बासिन्दा सोभाराम खुनाले भने, ‘छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि सहज रुपमा बाली लगाउन र भित्र्याउन पाएका छौँ ।’ छाडा चौपायाको दिगो रुपमा व्यवस्थापनको कार्य गरिनुपर्ने उनको भनाइ रहेको छ । 

नगरपालिकाले वडा नं १,२,३,४ र ५ मा छाडा चौपाया व्यवस्थापनको कार्य गरेको छ । अन्य वडामासमेत छाडा चौपायाको समस्या समाधानका लागि लालझाडी गाउँपालिकाको साझेदारीमा सो काम अगाडि बढाइएको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १२ : ४९ बजे

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी