युएईद्वारा नेपाललाई ३११ रनको विशाल लक्ष्य « Khabarhub

युएईद्वारा नेपाललाई ३११ रनको विशाल लक्ष्य


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ ।  किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो ।

युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे । कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौकाको मद्दतमा ९४ रनको योगदान दिएका हुन ।

त्यस्तै यूएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए । सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे । बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजबंशी र सोमपाल कामीले समान एक-एक विकेट लिए ।

सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।

नेपाल लिग-२ का ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ नेपाल तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अंक जोड्दै तेस्रो स्थानमा छ भने ३५ अंक जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अंकका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अंकका साथ तालिकाको अन्तिममा छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १ : ४७ बजे

सुस्मिताको गुहार : सरकार, मेरो नागरिकता फिर्ता गरिदेऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित