लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु « Khabarhub

लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको खजुराबजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक-पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधबारदेखि काम सुरु गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए । 

सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नु परेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताए । विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो । 

निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुनसकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी रू २२ करोडको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

विसं २०७८ चैत ३० मा पहिलो पटक म्याद गरिएको थियो । जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए । 

उनका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब रु १८ करोड भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ । 

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  २ : १७ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले