मलमा दिँईदै आएको अनुदान कटौतीकाविरुद्ध किसान संगठनहरुको प्रदर्शन « Khabarhub

मलमा दिँईदै आएको अनुदान कटौतीकाविरुद्ध किसान संगठनहरुको प्रदर्शन


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दल निकट किसान संगठनहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगायतका संघहरुले काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले नेपाली किसानको बजा सुनिश्चित गर, किसान मार्न पाइँदैन प्रचण्ड सरकार चाहिँदैन, मलको भयो हाहाकार, राजीनामा देऊ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसान विरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् ।

किसानहरूलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरूको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलव ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसङै किसानहरुले प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ३ : २७ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको