फिल्म निर्देशक प्रताप सुब्बाको ७८ वर्षको उमेरमा निधन « Khabarhub

फिल्म निर्देशक प्रताप सुब्बाको ७८ वर्षको उमेरमा निधन


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन भएको छ । बिहीबार ७८ वर्षीय सुब्बाको  सिलीगुडीस्थित एक अस्पतालमा निधन भएको भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गरेपछि फिल्मी करिअर अगाडि बढाएका उनले ‘बाँच्न चाहनेहरु’, ‘मसाल’, ‘कहीं अँध्यारो कहीं उज्यालो’, ‘दिदी’, ‘चट्याङ’ र ‘भीष्म प्रतिज्ञा’लगायतका व्यावसायिक फिल्मको  निर्देशन गरेका छन् ।

नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म रहेको थियो । सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाले ७ वटा फिचर फिल्म, ६ वटा वृतचित्र, ५ वटा भिडियो फिल्म, १३ वटा टेलिफिल्म र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् ।

उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ३ : ५६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब