फिल्म निर्देशक प्रताप सुब्बाको ७८ वर्षको उमेरमा निधन « Khabarhub

फिल्म निर्देशक प्रताप सुब्बाको ७८ वर्षको उमेरमा निधन


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन भएको छ । बिहीबार ७८ वर्षीय सुब्बाको  सिलीगुडीस्थित एक अस्पतालमा निधन भएको भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गरेपछि फिल्मी करिअर अगाडि बढाएका उनले ‘बाँच्न चाहनेहरु’, ‘मसाल’, ‘कहीं अँध्यारो कहीं उज्यालो’, ‘दिदी’, ‘चट्याङ’ र ‘भीष्म प्रतिज्ञा’लगायतका व्यावसायिक फिल्मको  निर्देशन गरेका छन् ।

नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म रहेको थियो । सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाले ७ वटा फिचर फिल्म, ६ वटा वृतचित्र, ५ वटा भिडियो फिल्म, १३ वटा टेलिफिल्म र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् ।

उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ३ : ५६ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको