आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने माग « Khabarhub

आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने माग


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घ (अप्फा)ले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

ती सङ्घ–संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी देशको दुईतिहाइ जनसङ्ख्या ओगट्ने र प्रमुख उत्पादक शक्तिको रूपमा रहेका किसानको जीवन परिवर्तन गर्ने गरी आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका हुन् ।

ती संस्थाले मूल्यवृद्धि नियन्त्रण, कालोबजारी गर्नेहरूमाथि कडा कारबार्ही, उपभोक्ता र उत्पादक सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । किसानमुखी र जनमुखी मौद्रिक नीति जारी गरी कडाइका साथ लागू गर्नुपर्ने तथा नेपाल राष्ट्र बैंकको नीतिविपरीत ऋण प्रवाह र अन्य कार्य गर्ने सहकारी, लघुवित्त र तिनका सञ्चालकलाई कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ६ : ११ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस