बेलायतले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि अनुदान सहयोग दिने « Khabarhub

बेलायतले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि अनुदान सहयोग दिने


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारकातर्फबाट उक्त अनुदान सहायता स्वीकार गरिएको हो । द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेकी छन्।

अर्थसचिव रायले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि बेलायत सरकारले लामो समयदेखि सहयोग गर्दै आएको स्मरण गरे । पछिल्लो सहयोगले स्थानीय तहको पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र त्यसबाट नागरिकको सार्वजनिक जीवन थप गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै नेपालका लागि बेलायतका राजदूत पोलिटले नयाँ कार्यक्रममार्फत स्थानीय तहलाई बलियो, सक्षम तथा जवाफदेही बनाउन सहयोग पुग्ने बताइन्। भौतिक पूर्वाधारको विकासपछि नेपाल सरकारले अपेक्षा गरेको विकासको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै राजदूत पोलिटले आगामी छ वर्षभित्र सो परियोजना कार्यान्वयन हुने बताइन् ।

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धमा पछिल्लो परियोजनाको कार्यान्वयनसँगै अर्को महत्वपूर्ण उदाहरणको रूपमा स्थापित हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ६ : ४७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको