नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीद्वारा बधाई « Khabarhub

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीद्वारा बधाई


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टिमलाई बधाई दिएका छन् ।

‘आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई ‘ प्रधानमन्त्री दाहालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै भनेका छन् ।

नेपाली क्रिकेट टिम यूएईलाई डीएल (डकवर्थ लेविस) नियमअनुसार ९ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको हो । आजको जितसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ६ : ५२ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको