गुणस्तरहीन संरचना भत्काउँदै नगरपालिका « Khabarhub

गुणस्तरहीन संरचना भत्काउँदै नगरपालिका


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्यांकी फुटाउन थालिएको छ । निर्माणाधीन खानेपानी आयोजनाको ट्यांकी सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयं ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ह्याम्मर तथा स्काभेटर लगाएर ट्यांकी फुटाउन थालिएको हो ।

लिफ्टिङ खानेपानी आयोजनाको ट्यांकी निर्माणका क्रममा भएको कमजोरी सच्याउन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । नगरपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैँले ट्यांकी ह्याम्मर तथा स्काभेटर लगाएर फुटाउन थालेका हुन् ।

लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरण लाइनतर्फ पाँच फेरोसिमेन्ट ट्यांकी बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो ट्यांकी कमजोर बनेपछि सबै वितरण लाइनको ट्यांकी आरसिसी ढलान बनाउन निर्देशन दिइएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाका प्रमुख हीराकाजी महर्जनले बताए।

विजयखर्कका सात सय २५ घरधुरीलाई पानीको सुविधा दिने गरी विसं २०७९ साउन ५ गतेदेखि आयोजनाको काम सुरु गरिएको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत भ्याट तथा पिएससहित रु २९ करोड १३ लाख ९८ हजार नौ सय ९० लागतमा सक्ने गरी लिफ्टिङ खानेपानी आयोजनाको ठेक्का लागेको हो ।

विसं २०८१ साउन ४ गतेसम्ममा सक्ने गरी उक्त निर्माण कम्पनीले विसं २०७९ असार २२ गते आयोजनाको सम्झौता गरेको थियो । बस्ती नजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जंगल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दाबी छ ।

ट्यांकी निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित क्युरिङ नगरिएको स्थानीय नरेन्द्र ढकालले बताए।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ७ : १२ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष