समर्थकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ : प्रशिक्षक देसाई « Khabarhub

समर्थकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ : प्रशिक्षक देसाई


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीको क्षमता उत्कृष्ट भएको बताएका छन् । युएईलाई अन्तिम खेलमा नौ रनले हराएर विश्वकप छनोटमा स्थान बनाएपछि प्रशिक्षक देसाईले पछिल्लो समय नेपालले राम्रो क्रिकेट खेलिरहेको र खेलडीहरुमा पनि उत्कृष्ट क्षमता भएको बताएका हुन् ।

देसाईले टिम गेम खेलेका कारण जित सम्भव भएको बताए । ‘‘नेपालका खेलाडी सक्षम छन् । खेलाडीले मलाई विश्वास गरेर खेले । सोही अनुसार नजिता पनि आयो । हामीलाई दर्शकले पनि राम्रो साथ दिनुभयो । हजारौं सर्मथकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ । हामी सिक्दै अगाडि बढ्नेछौं । तपाईहरु सर्मथन गरिरनुहोस्,’’ दर्शकमाथि पनि प्रशिक्षक देसाईले सहानुभूति प्रकटगरे ।

प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको दुईवटा सिरिजका क्लिन स्वीप गरेको छ । पछिल्ला १२ खेलका नेपाल ११ खेलमा विजेता बन्दै विश्वकप छनोटमा पुगेको हो ।

 

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : ४५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको