संविधानले निर्देश गरेका विषय प्रदेशमा हस्तान्तरण गर्न कुनै समस्या छैन : मन्त्री शर्मा « Khabarhub

संविधानले निर्देश गरेका विषय प्रदेशमा हस्तान्तरण गर्न कुनै समस्या छैन : मन्त्री शर्मा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनले निर्देश गरेका विषय प्रदेशमा हस्तान्तरण गर्न सङ्घले कुनै कन्जुस्याइँ नगर्ने बताएकी छिन् । मन्त्रालयद्वारा आज आयोजित अन्तक्र्रियामा उनले भनिन्, “आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा पनि प्रदेशसँग समन्वय गरी सूचना तथा सञ्चार क्षेत्रका योजनालाई समन्वयात्मक हिसाबले अगाडि बढाउनुपर्ने हुन्छ, सूचना प्रविधिको युगमा सेवा प्रवाहलाई सरल बनाउन सहकार्य गरेर अगाडि बढौँ ।” सरकारका प्रवक्ता शर्माले सेवा प्रवाह हुने क्षेत्रमा टेलिकमको सेवा विस्तारलाई प्राथमिकता दिनुपर्ने बताइन।

अन्तक्र्रियामा प्रादेशिक तहमा सूचना तथा सञ्चारको क्षेत्रमा अधिकार बाँडफाँट र कार्यान्वयनमा देखिएका जटिलताको समाधान खोज्ने प्रयास गरिएको थियो ।

सोही अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको अनुसूचीमा साझा सूचीमा रहेका विषय कार्यान्वयनमा सङ्घ र प्रदेश अलमलिए जस्तो देखिएको र त्यस्ता विषयलाई आपसी सम्वादका माध्यमबाट समाधान गर्दै लैजानुपर्ने बताए । “सङ्घ र प्रदेशबीचको बुझाइमा एकरूपता ल्याउन यस्ता छलफल उपयोगी हुनेछन्”, मन्त्री श्रेष्ठले भने ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णा केसीले प्रदेशमा कानून निर्माण, कर्मचारी अभाव, बुझाइमा अस्पष्टता जस्ता समस्या रहेको बताए ।

कार्यक्रममा कार्यविभाजन नियमावली, २०७४ बमोजिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई तोकिएका सञ्चारसँग सम्बन्धित १४ वटा विषयमा छलफल गरिएको थियो । उपकरणको फाइल प्रदेशलाई हस्तान्तरण नगर्दा प्रदेशअन्तर्गतका एफएम रेडियोको नियमनमा समस्या आएको, टेलिभिजनको प्रसारण क्षेत्रका बारेमा कानूनी अस्पष्टतालाई प्रष्ट्याउनुपर्ने र स्थानीय तहलाई हस्तान्तरण गरिएका एक सय वाटभन्दा कम क्षमताका रेडियोको नियमनको समस्या सम्बोधन गरिनुपर्नेलगायत विषय उठाइएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १० : १३ बजे

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना