स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ « Khabarhub

स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा आज प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । युवक पाण्डे भारतबाट ज ४ प ७०३४ नम्बरको मोटरसाइकलमा चढी पैसा बोकेर भारतबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी भिट्टामोडलाई शङ्का लागि जाँच गर्दा उनी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले नौ लाख ९८ हजार तीन सय भारतीय रुपैयाँ बरामद गरेको हो । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ०४ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको