आर्थिक संकटका कारण पाकिस्तानमा रहेका दक्षिण कोरियाली कम्पनी पनि समस्यामा « Khabarhub

आर्थिक संकटका कारण पाकिस्तानमा रहेका दक्षिण कोरियाली कम्पनी पनि समस्यामा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको अवस्था अझ नाजुक बन्दै गएको छ । जारी आर्थिक संकटका कारण पाकिस्तानमा रहेका दक्षिण कोरियाली कम्पनीलाई पनि घाटा लागेको छ ।

पाकिस्तानमा सञ्चालित दक्षिण कोरियाली कम्पनीहरू हाल आयात प्रतिबन्ध र बन्दरगाहमा अड्किएका कन्टेनरहरूको क्लिरेन्समा भएको ढिलाइले समस्यामा परेका हुन् ।

कोरियाली व्यापारिक गतिविधिको निगरानी गर्ने कोरिया ट्रेड–इन्भेष्टमेन्ट प्रमोसन एजेन्सी (कोट्रा) र कोरियाली लगानीकर्ताहरूको स्थानीय चेम्बरका वरिष्ठ अधिकारीहरूले लेटर अफ क्रेडिटमा समस्या उत्पन्न हुँदा कच्चा पदार्थको आयात गर्न कठिन भएको छ ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको तथ्यांक अनुसार सन् २०२१ मा कोरियाबाट पाकिस्तानको आयात १.५ बिलियन डलर थियो, जुन २०२० को तुलनामा ४१.८ प्रतिशतले बढी हो ।

दक्षिण कोरियाले पाकिस्तानमा निर्यात गरेका मुख्य उत्पादनमा २६९ मिलियन डलर बराबरको कार, ७२.१ मिलियन डलर बराबरको प्रशोधित पेट्रोलियम, ६८.४ मिलियन डलर बराबरको फलाम रहेका छन् । पाकिस्तान कोरियाली कम्पनीहरूका लागि उदयीमान बजार रहेको बताइन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : ४६ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको