रविले जिते फेरि उपचुनाव हुन्छ : एमाले सचिव भट्टराई « Khabarhub

रविले जिते फेरि उपचुनाव हुन्छ : एमाले सचिव भट्टराई


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन २ मा गत ४ मंसिरको परीणाम दोहोरिए फेरि उपचुनाव हुनसक्ने आशंका गरेका छन् ।

पाँच महिनाअघि भएको संसदीय निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेको सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्।

चुनाव प्रचारका लागि चितवन पुगेका एमाले सचिव भट्टराईले रास्वपाका सभापति लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।

प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, फेरि पनि उपचुनाव हुन सक्छ। ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन।’

उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्नेमा जोड दिए। चितवन २ मा एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न अपिल पनि गरे ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ११ : ३४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको