घट्यो सुनको भाउ, चाँदीको स्थिर « Khabarhub

घट्यो सुनको भाउ, चाँदीको स्थिर


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १२ : ३१ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले