सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए « Khabarhub

सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खैबर पख्तुनख्वा – खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् ।

शनिबार गरिएको उक्त कारबाहीमा दुई जना सुरक्षा अधिकारीले पनि वीरगति प्राप्त गरेका पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)लाई उद्धृत गर्दै दैनिक समाचारपत्र डनले जनाएको छ । सुरक्षा फौजले कारबाहीस्थलबाट विभिन्न हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।

सुरक्षाकर्मीले गत मङ्गलबार खैबर पख्तुनख्वाको बाजौर जिल्लाको लोसुम क्षेत्रमा गरेको कारबाहीमा तीन जना र अघिल्लो दिनको कारबाहीमा पनि तीन जना आतङ्ककारीलाई मारेको थियो ।

विगत केही महिना यता देशका विभिन्न भागमा आतङ्कवादी सङ्गठनले आक्रमणलाई तीव्र पारेपछि सक्रिय बनेको सुरक्षा फौजले प्रतिआतङ्वादका कारबाहीलाई व्यापक बनाएको छ ।

आतङ्कवादी सङ्गठन तेहरिक–ए–तालिबान पाकिस्तान र सरकारसँगको वार्ता गत वर्षको नोभेम्बरमा भङ्ग भएपछि अफगानिस्तानको सीमावर्ती क्षेत्रमा केन्द्रित भएर उक्त सङ्गठनले खैबर पख्तुनख्वाका सुरक्षाकर्मीमाथि आक्रमण बढाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १२ : ४२ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले