नेपालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि  « Khabarhub

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि 


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३७७ रहेको छ ।  

आइतबार दिउँसो २ बजेको विवरणअनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ३७ जना, आईसीयूमा ११ जना र चारजना सङ्क्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

साथै पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : २१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको