रणवीरसँग सहकार्य नगर्ने यशराज फिल्मस्को घोषणा | Khabarhub Khabarhub

रणवीरसँग सहकार्य नगर्ने यशराज फिल्मस्को घोषणा


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- यशराज फिल्मस्को ‘व्याण्ड बाजा बारात (२०१०)’बाट बलिउडमा आफ्नो सानदार प्रवेश गरेका अभिनेता रणवीर सिंहले बलिउडमा कैयौँ हिट फिल्म दिएका छन् । तर कोरोना महामारीपछि अभिनेताको फिल्म बक्सअफिसमा लगातार फ्लप भइरहेको छ । 

‘८३ ९२०२१०’, ‘जयेशभाई जोरदार ९२०२२’ र ‘सर्कस’ जस्ता ठूला बजेटका फिल्म फ्लप भएपछि रणवीरको करियर पनि प्रभावित भएको छ । यस्तो अवस्थामा अब यशराज फिल्मस्ले भने अब रणवीरसँग कुनै पनि फिल्ममा सहकार्य नगर्ने घोषणा गरेको छ ।

अहिले आदित्य चोपडा, यशराज फिल्मस्का प्रमुख र उनको कोर टिम यो समय वाईआरएफ स्पाई युनिभर्समा आफूलाई केन्द्रित गरिरहेका छन् । यशराज स्पाई युनिभर्सले हालै शाहरुख खान स्टारर ‘पठान’ जस्तो फिल्म बनाएर अलटाइम ब्लकबस्टर फिल्म दियो । अब उनीहरु सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’को रिलिजका लागि तयारी अवस्थामा छन् । प्रत्येक फिल्ममा ठूलो बजेट लाग्ने भएपछि उनीहरु कुनै पनि गल्ती गर्न चाहेका छैनन् । 

‘यस्तो अवस्थामा रणवीरसँग कुनै पनि फिल्म गर्ने सोच बनाएका छैनन् । रणवीरले यशराज फिल्मस्सँग ६ फिल्ममा सहकार्य गरेका छन्, त्यसमा एकमात्र फिल्म ‘गुण्डे ९२०१४’ हिट भयो । यो पनि सेमी हिट नै थियो । ब्याण्ड बाजा बारात, लेडीज वर्सेज रिकी बहल र बेफिक्रे औसत कमाई गर्ने वाला फिल्म हुन् । यहीबीचमा किल दिल र जयेशभाई जोरदार पूर्ण रुपमा फ्लप भयो’,यशराज फिल्मस् स्रोतले भन्यो, ‘यी ६ फिल्मले ओटीटीसेटलाइट अधिकारको बिक्री गरेर पैसा कमाए पनि बक्सअफिसबाट त्यति नै रकम फिल्मले निर्मातालाई फिर्ता गर्न सकेन ।’

रणवीरले केवल सञ्जय लीला भन्सालीसँग हिट फिल्म दिएका छन् । भन्सालीको ‘गोलिया की रासलिला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ रणवीर अभिनीत हिट फिल्म हुन् । फिल्मबाहेक उनको कुल बक्सअफिस ट्रेक रेकर्ड पनि त्यति प्रभावशाली छैन । भन्सालीबाहेक रणवीर केवल दुई फिल्म ‘सिम्बा’ र ‘गली ब्वाइ’मात्र हिट फिल्म दिएका छन् । 

रणवीर गत वर्ष नोभेम्बरमा यशराज फिल्मस्को ट्यालेन्ट मेनेजमेन्ट एजेन्सीबाट अलग भएका थिए । उनको कार्य सम्झौता नवीकरण नभएपछि उनी अलग्गिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ५६ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।