रणवीरसँग सहकार्य नगर्ने यशराज फिल्मस्को घोषणा « Khabarhub

रणवीरसँग सहकार्य नगर्ने यशराज फिल्मस्को घोषणा


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- यशराज फिल्मस्को ‘व्याण्ड बाजा बारात (२०१०)’बाट बलिउडमा आफ्नो सानदार प्रवेश गरेका अभिनेता रणवीर सिंहले बलिउडमा कैयौँ हिट फिल्म दिएका छन् । तर कोरोना महामारीपछि अभिनेताको फिल्म बक्सअफिसमा लगातार फ्लप भइरहेको छ । 

‘८३ ९२०२१०’, ‘जयेशभाई जोरदार ९२०२२’ र ‘सर्कस’ जस्ता ठूला बजेटका फिल्म फ्लप भएपछि रणवीरको करियर पनि प्रभावित भएको छ । यस्तो अवस्थामा अब यशराज फिल्मस्ले भने अब रणवीरसँग कुनै पनि फिल्ममा सहकार्य नगर्ने घोषणा गरेको छ ।

अहिले आदित्य चोपडा, यशराज फिल्मस्का प्रमुख र उनको कोर टिम यो समय वाईआरएफ स्पाई युनिभर्समा आफूलाई केन्द्रित गरिरहेका छन् । यशराज स्पाई युनिभर्सले हालै शाहरुख खान स्टारर ‘पठान’ जस्तो फिल्म बनाएर अलटाइम ब्लकबस्टर फिल्म दियो । अब उनीहरु सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’को रिलिजका लागि तयारी अवस्थामा छन् । प्रत्येक फिल्ममा ठूलो बजेट लाग्ने भएपछि उनीहरु कुनै पनि गल्ती गर्न चाहेका छैनन् । 

‘यस्तो अवस्थामा रणवीरसँग कुनै पनि फिल्म गर्ने सोच बनाएका छैनन् । रणवीरले यशराज फिल्मस्सँग ६ फिल्ममा सहकार्य गरेका छन्, त्यसमा एकमात्र फिल्म ‘गुण्डे ९२०१४’ हिट भयो । यो पनि सेमी हिट नै थियो । ब्याण्ड बाजा बारात, लेडीज वर्सेज रिकी बहल र बेफिक्रे औसत कमाई गर्ने वाला फिल्म हुन् । यहीबीचमा किल दिल र जयेशभाई जोरदार पूर्ण रुपमा फ्लप भयो’,यशराज फिल्मस् स्रोतले भन्यो, ‘यी ६ फिल्मले ओटीटी र सेटलाइट अधिकारको बिक्री गरेर पैसा कमाए पनि बक्सअफिसबाट त्यति नै रकम फिल्मले निर्मातालाई फिर्ता गर्न सकेन ।’

रणवीरले केवल सञ्जय लीला भन्सालीसँग हिट फिल्म दिएका छन् । भन्सालीको ‘गोलिया की रासलिला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ रणवीर अभिनीत हिट फिल्म हुन् । फिल्मबाहेक उनको कुल बक्सअफिस ट्रेक रेकर्ड पनि त्यति प्रभावशाली छैन । भन्सालीबाहेक रणवीर केवल दुई फिल्म ‘सिम्बा’ र ‘गली ब्वाइ’मात्र हिट फिल्म दिएका छन् । 

रणवीर गत वर्ष नोभेम्बरमा यशराज फिल्मस्को ट्यालेन्ट मेनेजमेन्ट एजेन्सीबाट अलग भएका थिए । उनको कार्य सम्झौता नवीकरण नभएपछि उनी अलग्गिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ५६ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।