भागबण्डा मिलाउन कर्णालीमा आठ मन्त्रालय बनाउने तयारी « Khabarhub

भागबण्डा मिलाउन कर्णालीमा आठ मन्त्रालय बनाउने तयारी


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – माओवादी र कांग्रेसको सत्ता समिकरण भएसँगै कर्णालीमा फेरी आठ वटा मन्त्रालय बनाउने सहमति नजिक पुगेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार गठन भएको कर्णाली प्रदेश सरकारले सात ओटा मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो । उक्त सहमतिको हनिमुन’ पिरियड नसकिँदै माओवादी र कांग्रेस बीचमा सहमति पछि अगाडीको निर्णय उल्टिने निश्चित भएको छ ।

एमालेसँग माओवादीले चार बुँदे सहमतिमा कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय गाभ्ने उल्लेख थियो । कांग्रेसले सभामुख सहित तीन मन्त्रालय माग गर्दै आएको छ । स्रोतले दावी गरेअनुसार काँग्रेस र माओवादीमा भइरहेको छलफल यहि विषयमा केन्दीत रहेको बुझिएको छ ।

सोमबार प्रदेशसभाको बैठक बस्ने भएकोले विश्वासको मत सँगै सरकार विस्तार हुने सम्भावना बढेको छ । नेताहरु आज दिनभरी छलफलमा रहेका छन् । यही छलफलमा केन्द्रीत हुनुपर्ने भएका कारण जाजरकोटमा माओवादीको समिक्षा छाडेर प्रदेश इन्चार्ज कालिबहादुर मल्ल सुर्खेत आएका थिए । उर्जामन्त्री शक्ति बस्नेत समेत छलफलमा आउने भनिएपनि अन्तिममा आएर स्थगित भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : १३ बजे

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले

डा. यशोदा रिजालको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्चको आदेश, के हो रिजालमाथीको मुद्दा ?

काठमाडौं – उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलले डा. यशोदा

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य