धरानका मेयरको विरोधमा पत्रकारको आन्दोलन जारी « Khabarhub

धरानका मेयरको विरोधमा पत्रकारको आन्दोलन जारी


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिव्यक्ति र अशोभनीय क्रियाकलापको खिलाफमा पत्रकारहरू मैदानमा उत्रेका छन् ।

मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिवृत्ति अशोभनीय भएको भन्दै आन्दोलनमा उत्रेका नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानका पूर्व मेयरहरुसँग  अन्तरक्रिया गर्ने भएका छन् । सोमवार उनीहरूले मेयर साम्पाङको विरोध स्वरुप मौन जुलुस निकालेका थिए ।   

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर विरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिए । उनका अनुसार मेयर राईले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म तथा  प्रेस स्वतन्त्रता प्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ  । 

राईका कारण सुनसरीका पत्रकारहरू असुरक्षित हुन पुगेको भन्दै सांकेतिक स्वरुप सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए । सो अघि भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटसम्म प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

धरानका मेयर साम्पाङको अशोभनीय क्रियाकलाप र अभिव्यक्तिका कारण गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ८ : १८ बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज