काठमाडौं– माइतीघर मण्डलामा अनशन बसेको सात दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्बोधन गरेको छैन् । प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ७ दिन देखी न्यायको माग गर्दै अनशनरत यादवको मागका बारेमा सरकारले कुनै सम्बोधन नगरेको हो ।
‘माइतीघर मण्डलामा ७ दिन देखी न्यायका लागि अनशनरत छु तर पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको छु,’ कठायतले मंगलबार बिहान भनिन, ‘तर, सरकारले मेरा मागका बारेमा अझै पनि कुनै सम्बोधन गरेको छैन् ।’ आइतबार साँझ र सोमवार साँझ हावाहुरीसँगै भीषण वर्षा भएपछि नजिकैको रेष्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको पीडा उनले सुनाएकी छिन् ।
गत २७ बैशाख देखी अनशनरत कठायतको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरेर गए पनि माग सम्बोधनका बारेमा कुनै खबर नगरेको उनको भनाइ छ । ‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौंका सिडियो साहेब आएर भेटघाट गरेर जानकारी लिनुभयो, तपाईंको माग सम्बोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन ।’ आफ्नो माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने उनले जानकारी दिइन् ।
गत २०७५ सालमा आफूमाथि जबर्जस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्कीमाथि कारबाही गर्नुपर्ने, आफ्नो इच्छा विपरित सम्बन्धविच्छेद गराउने न्यायाधीश बद्रीप्रसाद ओलीमाथि कारबाही गर्नुपर्ने, आफूमाथि पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि विवाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा सात दिन देखी अनशनरत छिन् ।














प्रतिक्रिया