भरतपुर कारागारमा बजेट नहुँदा औषधि अभाव | Khabarhub Khabarhub

भरतपुर कारागारमा बजेट नहुँदा औषधि अभाव


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।

कारागारमा हाल ४९ महिला  चार नाबालक-नाबालिकासहित सात सय ५८  कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।

यसका अतिरिक्त समय-समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ । उनका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि १२ लाखमात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष रु २५ लाख पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष ४८ लाख पठाएको जनाउँदै उनले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताए ।

औषधिको चरम अभाव भएपछि १५ लाख माग गरेकामा एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिए। कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ ।

दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । उनले भने, ‘किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ ।’ नियमित औषधिसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उनले बताए ।

कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । कारागार प्रमुख आचार्यले भने , ‘सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।’

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १० : ४४ बजे

भारतमा सस्तो पर्दा चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ किलो

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेट 

काठमाडौं–  विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री

इजरायलका प्रधानमन्त्री नेतन्याहुद्वारा युद्ध क्याबिनेट विघटन

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध क्याबिनेट विघटन

घरजग्गाको कारोबार बढ्यो, कुन महिनामा कति ?

काठमाडौं– गत वर्षको तुलनामा २०८१ जेठ महिनामा घरजग्गाको कारोबार केही

जनार्दन शर्माको विश्लेषण– अगाडि बढ्ने भन्दा भइरहेको काम रोक्ने प्रतिस्पर्धा बढ्यो 

अर्थतन्त्रमा मुख्य दुई वटा समस्या छन् । पहिलो अस्थिर राजनीति,