उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सम्पन्न « Khabarhub

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सम्पन्न


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरूलाई स्वागत गरेका थिए ।

बैठकमा समितिका सम्पूर्ण सदस्यहरूले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य छन् । गत वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको थियो । 

समितिमा नेकपा (एमाले)का आठ, नेपाली कांग्रेसका सात, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन-तीन, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका एक-एक सांसद सदस्य हुन् । 

बैठकमा समितिका सचिव रामकुमार पौडेलले समितिको समान्य परिचय र कार्यक्षेत्रका बारेमा सदस्यहरूलाई जानकारी गराएका थिए। उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपभोक्ता हितसँग सम्बन्धित विषय सो समितिको कार्यक्षेत्र रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १ : ०० बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)