दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते « Khabarhub

दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गएराति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा धर्मराज रेग्मीले बताए ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १२ : ४८ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय