अवैध लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित तीन जना पक्राउ


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  हेटौँडा उपमहानगरपालिका ७ बेलिबृज बस्ने ५६ वर्षीय जय बहादुर मुक्तान, बारा निजगढ नगरपालिका १२ बस्ने २४ वर्षीय बिष्णुलाल थिङ र मकवानपुर बकैया गाउँपालिका ६ बस्ने ३२ वर्षीय दिनेश थिङ रहेका छन् ।

उनीहरूलाई हेटौँडा उपमहानगरपालिका ७ बेलिबृजबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ केजी ९ सय ग्रामसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय बागमती र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ३ : ०४ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन