ए डिभिजन लिगमा थ्री स्टार र आर्मीको बराबरी « Khabarhub

ए डिभिजन लिगमा थ्री स्टार र आर्मीको बराबरी


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६९ औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको छ ।

त्यस्तै मंगलबार नै च्यासल मैदानमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

पुलिसको जितमा मोसेस ग्याबाह तुमले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ । एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : १९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका