स्वास्थ्य शरीरका लागि पुदिनाका फाइदा « Khabarhub

स्वास्थ्य शरीरका लागि पुदिनाका फाइदा


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गाउँघर तिर सहजै पाइने वनस्पति पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ। पछिल्लो समय यसका फाइदा धेरै मान्छेलाई थाह भएको कारणले सहरतिर पनि आफ्नो कौसीमा रोपेको पाइन्छ। हरेकको घर अफिसतिर गमलामा पुदिना रोपेको देखिन्छ।

पुदिनालाई कतै बाबरीको नामले पनि चिनिन्छ। यसलाई मुख र दाँत स्वस्थ राख्ने र अनुहारमा चमक ल्याउने वस्तुका रूपमा पनि लिइन्छ। पुदिनाको सेवनले भोक जगाउने र पाचन प्रक्रिया सहज गराउने चिकित्सक बताउँछन्।

बजारमा पाइने लगभग सबै प्रकारका टुथ पेस्ट, चुइगम, माउथफ्रेसनर्स, चकलेटमा पुदिनाको स्वाद मिलाइएको हुन्छ। अर्थात् यी सबै सामग्रीमा एक प्रमुख वस्तुको रूपमा पुदिनालाई मिसाइएको हुन्छ।

बुँदामा पुदिनाका फाइदा
– सानो टुक्रा अदुवा र पुदिनाको पात राखेर पानीमा पकाएर खाएमा पेट दुख्ने समस्या कम हुन्छ।
– झाडापखाला लागेको समयमा पुदिनासँग कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ।
– टाउको दुख्ने समस्याको उपचारका लागि पनि पुदिनाको सेवन गर्न सकिन्छ।
– वान्ता हुने समस्यामा पनि पुदिनाको सेवन गर्न सकिन्छ।
– पुदिनाको बासनाले नाक, घाँटी, श्वास नली तथा फोक्सोको नलीलाई खोल्ने तथा स्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ।
– प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित रूपमा हाल्ने गर्नाले पिनासको समस्या कम हुन्छ।
– पुदिनाको रसले छाला सफा गर्दा छालामा हुने सङ्क्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी बिमिरा डन्डिफोर सजिलै हट्दै जान्छन्।
– ज्वरो आएको बेलामा दैनिक पुदिनाको रसमा थोरै मह मिलाएर खाँदा ज्वरो कम हुन्छ।
– अहिले धेरै परजीविले टोक्ने समय छ। जस्तो: लामखुट्टे, मौरी लगायतका किराहरूको टोकाइबाट छाला रातो हुने चिलाउने दुख्ने र फुल्ने समस्या हुन्छ त्यस्तो बेला पुदिनाको रस लगाउनाले छालालाई शीतलता प्रदान गर्छ।
– तौल कम गर्ने सोच भएका मानिसले आफ्नो खानामा पुदिना राख्दा निकै फाइदा पुग्छ।
– पुदिनाको सेवनले यसमा भएको कीटाणुनाशक विशेषताले मुख भित्र हुने कीटाणुहरू मारेर जिब्रो तथा दाँतका भागहरू सफा बनाउँछ।
– पुदिनाको सेवनले सासलाई सफा र ताजगी राख्न मद्दत गर्छ।
– पुदिनाको सेवनले स्मरण शक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौद्धिक कार्य सहज गराउँछ। पुदिना खाइरहने मान्छेहरूमा स्मरण शक्तिको विकास हुन्छ ।
– शरीरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ०२ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,