युद्ध, आर्थिक मन्दी र वियोन्स कन्सर्ट | Khabarhub Khabarhub

युद्ध, आर्थिक मन्दी र वियोन्स कन्सर्ट


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रुस र युक्रेन बिचको युद्धको असर संसारमा नै परेको छ। ऊर्जा संकट, आर्थिक मन्दी र जीवन यापनको कठिनाइका समाचार सामान्य भएका छन्। यो समस्या संसारका गरिब देशमा मात्र होइन एकदमै धनी देशमा पनि छ। युरोपका समृद्ध देशमा मुद्रास्फीतिको समस्या पनि त्यत्तिकै छ। स्वीडेन पुग्ने अन्य देशका नागरिकका लागि यात्रा कठिन बनेको छ। विगतको अनुभवको आधारमा खर्चको आङ्कलन गर्नेहरू त्यहाँ पुगेर आजित छन्।

एक स्टार गायिका वियोन्स नओल्स समेत त्यहाँ होटेलमा बिल तिर्ने क्रममा आश्चर्यमा परेकी छन्। उनको उपस्थितिले अत्यधिक टिकटको बिक्री त गरायो। साथै होटेलको मूल्य पनि त्यसैगरी बढ्यो। मे महिनामा मात्र स्वीडेनमा ९ दशमलव ७ प्रतिशत मुद्रास्फीति देखिएको थियो। हरेक होटेलको मूल्य आश्चर्यजनक छ।

युरोपका समृद्ध देशमा मुद्रास्फीतिको समस्या पनि त्यत्तिकै छ। स्वीडेन पुग्ने अन्य देशका नागरिकका लागि यात्रा कठिन बनेको छ। विगतको अनुभवको आधारमा खर्चको आङ्कलन गर्नेहरू त्यहाँ पुगेर आजित छन्।

डान्स बैंककी अर्थशास्त्री माइकल ग्रान पनि पछिल्लो अवस्थाका कारण आश्चर्यमा परेकी छन्। उनलाई पनि यसरी होटेलको मूल्य र अन्य सांस्कृतिक क्षेत्रको मूल्य बढेकोमा अत्यधिक चिन्ता छ। ‘म यसमा कसैलाई पनि दोष दिन चाहन्न। तर विश्वव्यापी परिवेसले हामीलाई पनि छाडेन।’

सात वर्षको अवधिमा कुनै गायिकाको स्वीडेनमा पहिलो एकल भ्रमण हो। सोही भ्रमणपछि उनले विश्व भ्रमणको सुरुवात गर्ने छिन्। यो भ्रमण चली रहँदा सेप्टेम्बर अन्त्यसम्ममा दुई अर्ब अमेरिकी डलर बराबरको कारोबार हुनसक्छ। यो मूल्य वृद्धिमा त्यहाँ कन्सर्ट गर्न पुगेकी वियोन्सको उपस्थिति पनि एउटा कारण भएको जनाइन्छ।

कन्सर्टको घोषणा हुने बित्तिकै उनी बस्ने वासस्थानका लागि होटेलको खोजी कार्य सुरु भएको थियो। उनी पुग्ने घोषणा भए लगत्तै व्यापक मात्रामा टिकट बिक्री भएको थियो। ग्रानकै विचारमा केही कारण त वियोन्सको उपस्थिति हो। अन्य यावत कारणको पनि खोजी हुनसक्छ। होटेल अहिले नै प्याकभइ सकेका छन्। केही टिकट धेरैले एकै पटक किनेर अरूलाई बेच्ने काम पनि गर्न थालेका छन्।

एक स्टार गायिका वियोन्स नओल्स समेत त्यहाँ होटेलमा बिल तिर्ने क्रममा आश्चर्यमा परेकी छन्। उनको उपस्थितिले अत्यधिक टिकटको बिक्री त गरायो। साथै होटेलको मूल्य पनि त्यसैगरी बढ्यो।

उनी आउने भएपछि बेलायतको कार्डीफमा ६० हजार जना पुगे। लेबनान, अमेरिका र अस्ट्रेलियाबाट उनका समर्थक त्यहाँ पुगेका हुन्। त्यहाँका होटेलहरू यसरी भरिएका छन् की घर नभएर होटेलमा बसोबास गर्नेहरू अन्यकहाँ शरण लिन जानु पर्ने अवस्थाको समेत सिर्जना भएको छ।

स्कटहोमको कन्सर्टमा दुई रातको ४६ हजार त्यहाँ बसोबास गर्न पुगेका थिए। अमेरिकाबाट त्यहाँ सबै भन्दा धेरै जना पुगेका थिए। बजारमा अमेरिकी डलरको प्रभावका कारण पनि त्यहाँको कन्सर्टमा एकाएक मूल्य वृद्धि भएको हो। स्वीडेनको मुद्रास्फीति डिसेम्बरमा सबै भन्दा धेरै १२ दशमलव तीन प्रतिशत पुगेको थियो। अप्रिलमा १० दशमलव ५ प्रतिशत थियो भने गत महिना यो झरेर ९ दशमलव ७ प्रतिशत पुगेको थियो। एउटा गायिकाको मात्र होइन एउटा ठुलो फुटबल खेलले पनि यसैगरी असर गर्न सक्ने ग्रान बताउँछन्। डिसेम्बर महिनाको मुद्रास्फीति अत्यधिक हो।

अहिले वियोन्डकै उपस्थितिले शून्य दशमलव २ देखि शून्य दशमलव तीनसम्म मुद्रास्फीति फरक छ। अहिलेकी सबै भन्दा लोकप्रिय पप गायिका वियोन्स २१ औं शताब्दीको सबै भन्दा महत्त्वपूर्ण भ्रमणको रूपमा समेत व्याख्या गरिएको थियो।

यो भ्रमणमा ५७ वटा रङ्गशाला तयार भए। भ्रमणकाको अन्त्य न्यु ओरीलेन्समा हुनेछ। रङ्गशालामा उनको प्रस्तुति हेर्नका लागि आतुर हुनेहरू संसारमा लाखौँ छन्। भ्रमणमामा उनले गाउने गीतको सङ्ख्या ३६ छ। १० मे बाट उनको भ्रमण सुरु भएको थियो। १ फेब्रुअरीको दिन उनले इन्सटाग्राम मार्फत यसको जानकारी गराएकी हुन्। यस भन्दाअघि उनले सन् २०१८ मा आफ्नै श्रीमान् जे जेडसँग भ्रमण गरेकी थिइन्।

अहिले वियोन्डकै उपस्थितिले शून्य दशमलव २ देखि शून्य दशमलव तीनसम्म मुद्रास्फीति फरक छ। अहिलेकी सबै भन्दा लोकप्रिय पप गायिका वियोन्स २१ औं शताब्दीको सबै भन्दा महत्त्वपूर्ण भ्रमणको रूपमा समेत व्याख्या गरिएको थियो।

१० मेमा स्कटहोममा कन्सर्ट गरेकी उनले १४ मा ब्रसेल्स तथा १७ मे मा कार्डीफमा कन्सर्ट गरेकी थिइन्। २० मेमा इडेनवर्गमा उनले कन्सर्ट प्रस्तुति गरेकी थिइन्। २३ मेमा सन्डरल्यान्ड पुगेकी उनी २६ मेमा पेरिस पुगेकी थिइन्। त्यहाँबाट २९ मेमा उनको कन्सर्ट लन्डनमा भएको थियो। ३० मे, १ जुन र ३ जुनमा उनले टोटनहाम हस्टस्पर्सको रङ्गशालामा प्रस्तुति दिएकी थिइन्। ४ जुनमा पनि त्यही कन्सर्ट थियो।

६ जुनमा लियोनमा कन्सर्ट गरेकी उनले ११ जुनमा फ्रान्सको मार्सेलीमा प्रदर्शन गरिन्। कोलोग्नेमा प्रदर्शन सकेकी उनले १७ जुनमा आर्मस्ड्रममा तथा २१ मा ह्याबर्ग,२४ मा फ्रान्कफर्ट तथा २७ मा पोल्यान्डको वार्समा प्रदर्शन गर्नेछिन्। जुलाई महिनामा उनी उत्तर अमेरिकी प्रस्थान गर्नेछिन्।

अहिले संसारमा नै तहल्का मच्चाउने यी गायिका वियोन्सको जन्म ४ सेप्टेम्बर १९८१ मा भएको हो। उनी गीतकार, रेकर्ड निर्माता तथा नर्तकी समेत हुन्। सन् १९९० मा नै उनको डेस्टीनीज चाइल्ड नामको गीत अत्यधिक चर्चामा थियो। यसैको सफलतासँगै वियोन्सनले सन् २००२ मा अमेरिकी फिल्म उद्योगमा प्रवेश पाएकी थिइन्। सन् २००३ मा उनको पहिलो एकल एल्बम आएको थियो। उनको आइएस सासा फियर्स सबै भन्दा लोकप्रिय गीत हो। सन् २०१० मा यसले ग्रामी अवार्डमा ६ वटा विधामा पुरस्कार पाएको थियो।

सन् २०१० मा उनले केही समय सङ्गीतबाट विश्राम लिएकी थिइन्। सोही समयमा उनले चीनको ग्रेटवाल, मिश्रका पिरामिड, अस्ट्रेलिया, अमेरिका र युरोपका महत्त्वपूर्ण पुरातात्त्विक क्षेत्रको भ्रमण गरेकी थिइन्।

उनको सबै भन्दा सफल गीत हलो पनि हो। उनको पहिलो विश्व भ्रमणले ११ करोड ९५ लाखको कमाइ गरेको थियो। उनको जीवनमा धेरै यादगार घटना छन्। सन् २००८ मा क्याडील्याक रेकर्ड्समा उनले जेम्बस बोन्डको भूमिका निर्वाह गरेकी थिइन्। यो घटना सन् २००८ को हो। यसमा उनी असाध्यै सफल भइन्। यसैबाट कमाएको रकम उनले लागु पदार्थ दुर्व्यसनविरुद्ध समर्पित गरिन्।

सन् २०१० मा उनले केही समय सङ्गीतबाट विश्राम लिएकी थिइन्। सोही समयमा उनले चीनको ग्रेटवाल, मिश्रका पिरामिड, अस्ट्रेलिया, अमेरिका र युरोपका महत्त्वपूर्ण पुरातात्त्विक क्षेत्रको भ्रमण गरेकी थिइन्।

संसारको लोकप्रियताको शिखरमा रहेकी यी गायिका फेरि चर्चामा छिन्। संसारमा व्याप्त महँगी र ऊर्जा सङ्कटको बीचमा त्यसै पनि बढेको मुद्रास्फीति एउटा समस्या थियो। यसै समयमा उनको यो टुर साङ्गीतिक दुनियाँ लागि उत्साहप्रद हो। तर यसले अर्थतन्त्रमा नै प्रभाव त पार्ने होइन भन्ने चिन्ता थपिएको छ। सायद अन्य कुनै वर्ष उनको उपस्थितिले अर्थतन्त्रमा पारेको नकारात्मक असरको चर्चा हुने छैन। तर, २०२३ भने समस्याको वर्ष भएकाले यो चर्चा भएको हो।
स्रोत : बीबीसी, द गार्जीयन, फोर्ब्स

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ०८ बजे

पार्टी फुटेपछि उपेन्द्रले केन्द्रीय कमिटी १५१ बाट २५१ पुर्‍याए, महासचिव र उपाध्यक्ष पनि थपे

काठमाडौं- गत वैशाख २३ गते अशोककुमार राईसहितका ३२ जना नेताहरूले

अवैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं– सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ स्थित तीनकुने सीमा इलाकाबाट

नयाँ दल खोलेका अशोक राईसहित नेताहरू जसपा नेपालबाट निष्कासित

काठमाडौं – गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जनता

एमाले संसदीय बैठक जारी, संसद्को अवरोध र नीति कार्यक्रमबारे छलफल 

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आजको

ललितपुरको टिकाथलीबाट दोलखा हिँडेका वृद्धको काभ्रेमा वीभत्स हत्या, दाँतबाट खुल्यो पहिचान

काठमाडौं- गत वैशाख २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका, टिकाथलीस्थित निवासबाट