दक्षिण कोरियाका सहरमा ‘नीरफूल’ « Khabarhub

दक्षिण कोरियाका सहरमा ‘नीरफूल’


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनरत फिल्म  ‘नीरफूल’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । 

धनजित वाइबाको समूहले कोरियाका विभिन्न सहरमा प्रदर्शनको अधिकार लिएको हो । फिल्मका निर्देशक फूलमान बलका अनुसार बिहीबार दुबै पक्षबीच प्रदर्शन अधिकार सम्झौता भएको छ ।

निर्देशक बलले भुकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरूले पुनर्मिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए । 

गणेश हिमालको फेदी रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतको अभिनय छ ।

फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : १९ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन