संसद् भवन महिलाका लागि सुरक्षित छैन : सांसद थोरपे | Khabarhub Khabarhub

संसद् भवन महिलाका लागि सुरक्षित छैन : सांसद थोरपे


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन् ।

सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन ।

महिला सांसदले अहिले संसद भवनको कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन् । थोरपेले बिहीबार संसदमा जानकारी दिए अनुसार उनीमाथी संसद्‌मा केही शक्तिशाली व्यक्तिहरूले अभद्र टिप्पणी गरेका थिए, उनलाई सिँढीको छेउमा अनुपयुक्त रूपमा छुने काम गरेका थिए । 

उनका अनुसार सो कार्य कन्जरभेटिभ पार्टीका सांसद डेभिड भानले यस्तो गरेका हुन । थोरपेका अनुसार उनलाइ सहकर्मी सांसद माथी लगाएको आरोप फिर्ता लिन दबाब दिएकोसमेत बताइन ।

तर, सांसद भानले भने थोर्पेले लगाएको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै आएका छन्। सहकर्मी सांसद थोर्पले लगाएको यौन दुर्व्यवहारको आरोपबाट आफू स्तब्ध भएको उनको प्रतिक्रिया छ । साथै, उनले थोर्पले लगाएका सबै आरोप झुटा भएकोसमेत सञ्चारकर्मीलाई बताएका छन् ।

यद्यपि, थोर्पको आरोपपछि लिबरल पार्टीले डेभिड भान्कोलाई निलम्बन गरेको थियो । जानकारीका अनुसार यस विषयमा डेभिड भानलेले वकिलको पनि सहयोग लिएका छन् ।

सांसद थोर्पले यस प्रकारको यौन दुर्व्यववहार सिकार भएका धेरै महिला सांसदहरू रहेको दाबी गरेकी छन् । ती सांसदले भनिन्, ‘मानिसहरूले मलाई लगातार पछ्याए। मलाई धेरै प्रस्तावहरू दिइयो र अनुपयुक्त रूपमा छुइयो।’ उनका अनुसार संसद बाहिर निस्कन पनि डराउनु पर्ने अवस्था देखियो ।

बाहिर निस्कनुअघि अलिकति ढोका खोल्ने र बाटो खुलेपछि मात्र बाहिर निस्कने गरेको उनले बताइन् । उनले थप भनिन, ‘धेरै पटक यस्तो अवस्था आयो कि मलाई बाहिर जानको लागि साथ दिने अब कोही चाहिन्छ।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : १६ बजे

प्यालेस्टिनी राज्य वार्ताबाट मात्र सम्भव : जर्मनी

एजेन्सी– जर्मनीले सोमबार इजरायल–प्यालेस्टिनीबीच वार्ता नगरी दुई-राज्य समाधान सम्भव नहुने

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कर्णाली– ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ

भाटभटेनी जलेपछि कविताको चित्कार- दुःख गरेर खानी भाँडो पापीहरूले रित्याए

काठमाडौं– स्याङ्जा कालीगण्डकी गाउँपालिकाकी कविता पाण्डेय विगत चार वर्षदेखि भाटभटेनी सुपरमार्केटमा

नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ

काठमाडौं– नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

दसैँको समयमा राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

दोधारा चाँदनी – दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे