साउदीमा श्रमिकलाई चर्को घाममा काम लगाउन प्रतिबन्ध   « Khabarhub

साउदीमा श्रमिकलाई चर्को घाममा काम लगाउन प्रतिबन्ध  


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदीमा पनि श्रमिकलाई चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरबले प्राइभेट सेक्टरमा काम गर्ने कामदारलाई १५ जुन देखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म बाहिर प्रत्यक्ष घाममा काममा लगाउन नपाइने बताइएको छ ।

साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले प्राइभेट सेक्टरमा काम गर्ने कामदारलाई १५ जुन देखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म बाहिर प्रत्यक्ष घाममा काममा लगाउन नपाइने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयले निजी क्षेत्रका उद्यमहरूलाई आफ्ना कामदारहरूलाई स्वस्थ र सुरक्षित वातावरण प्रदान गर्न र घाम र गर्मीको प्रभावबाट हुने जोखिम र हानिबाट जोगाउन बाध्य पार्ने जनाएको छ ।

मन्त्रालयले विभिन्न पेशाजन्य जोखिमबाट सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउने प्रयास गरेकोले कामको घण्टा व्यवस्थित गर्न र यस निर्णयमा उल्लेख भएका कुरा कार्यान्वयन गर्न रोजगारदातालाई आग्रह समेत गरेको छ ।

यदी कुनै कम्पनी वा रोजगारदाताले सो  निर्णयको उल्लंघन गरेको पाइएमा त्यस्तो कम्पनी वा रोजगारदातालाई कानूनी कारवाही हुने समेत जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : २७ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।