‘किसिङ म्यान’ इमरान हाशमी भिलेनको भूमिकामा देखिने « Khabarhub

‘किसिङ म्यान’ इमरान हाशमी भिलेनको भूमिकामा देखिने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साउथ निर्देशक सुजीतको ग्याङस्टार फिल्म ‘ओजी’ घोषणापछि निरन्तर चर्चामा छन् । साउथको यो प्रतीक्षित फिल्ममा पवन कल्याण र प्रियंका मोहन प्रमुख भूमिकामा छन् । फिल्मको तेस्रो सेड्युलको छायांकन हाल हैदराबादमा भइरहेको छ ।

फिल्ममा बलिउड अभिनेता इमरान हाशमी खलनायक चरित्रमा देखिँदैछन् । इमरानको यो तेलुगु डेब्यू फिल्म हो ।
‘म ओजीका साथ नयाँ यात्रा गर्न उत्साहित छु । फिल्मको कथा मजबुत र मनोरन्जक छ । यसले मलाई चुनौतीपूर्ण भूमिका प्रदान गरेको छ । पवन कल्याण, सुजीत, दानय्या र टीमका साथ काम गर्न उत्साहित छु’, इमरानले भनेका छन् ।

फिल्ममा प्रकाश राज, अर्जुन दास र श्रीया रेड्डीको पनि अभिनय छ । डीवीवी दानय्याले निर्माण गरेको फिल्म डीवीवी इन्टरटेनमेन्टको ब्यानरमा बनिरहेको हो । फिल्ममा निर्देशक सुजीतकै लेखन छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ५१ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा