भ्रष्टाचारीलाई जोगाउन कानुन व्यवसायी लागिपरेका छन् : चित्रबहादुर केसी « Khabarhub

भ्रष्टाचारीलाई जोगाउन कानुन व्यवसायी लागिपरेका छन् : चित्रबहादुर केसी


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई जोगाउन कानुन व्यवसायी लागिपरेको आरोप लगाएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाएका हुन् । 

‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउने षड्यन्त्र गरिरहेका छन्,’ बैठकमा उनले भने ।

यसअघि पनि ठूल्ठूला भ्रष्टाचारीलाई सरकारले जोगाउने गरेको आरोप लगाउँदै उनले पैसाकै लागि भ्रष्टाचारीलाई उम्काउन कालोकोटधारीले दुष्साहस र षड्यन्त्र गरिरहेको बताए । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १२ : ०३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२