दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाङको तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाको ओततर्फ जाँदै गरेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जीप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर छ जना यात्रु गम्भीर घाइते भएका छन् ।

मृत्यु हुने चालकमा गङ्गादेव–१ निवासी ३२ वर्षीय विष्णु पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जीपमा १० यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनामध्ये चारलाई बाँकेको कोहलपुर अस्पतालमा लगिएको छ । अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

आज बिहान ११ः३० बजेतिर सो जीप सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनालगत्तै उद्धारका लागि प्रहरी र स्थानीय पुगेका थिए । गाडी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ३५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको