लोकसेवा आयोगलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह | Khabarhub Khabarhub

लोकसेवा आयोगलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगको काम कारवाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । 

आयोगको ७३ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको भन्दै थप प्रभावकारी रुपमा काम कारवाहीलाई अघि बढाउन आग्रह गरे । 

उनले जनतालाई सहज र सुलभरुपमा सेवा दिनका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशा र भरोसाका रुपमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो । 

उपराष्ट्रपति यादवले गलत भर्ना र छनौटका कारण प्रशासनिक क्षेत्रभित्र खराबी प्रवेश गर्न सक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहन गर्न परीक्षणका विधिलाई समयसापेक्ष परिमार्जन गदै लैजानुपर्ने बताए ।

कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन प्रणालीगत विकास गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ३८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु