नगर प्रहरीले विमानस्थलको तारजाली काटेपछि बालेनसहित तीन जनालाई सोधियो स्पष्टीकरण « Khabarhub

नगर प्रहरीले विमानस्थलको तारजाली काटेपछि बालेनसहित तीन जनालाई सोधियो स्पष्टीकरण


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पर्ने फेन्सिङ तारजाली काटेको विषयमा प्राधिकरणले मेयर बालेनसहित महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरुलाई चित्तबुझ्दो लिखित स्पष्टीकरण दिन सात दिनको समय दिइएको छ । यस विषयमा चित्तबुझ्दो स्पष्टीकरण नआए उनीहरुलाई उडानमा प्रतिबन्ध लगाउन सकिने बताइएको छ । महानगरको नगर प्रहरी टोलीले बिहीबार विमानस्थलको तारजाली काटिदिएको थियो ।

कुनै पूर्वजानकारी र सूचना नदिई तारजाली काट्ने महानगरको कार्य कानूनविपरीत रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : २६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को