सुर्खेत– कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रको विकासका लागि १० अर्ब भन्दा बढीको बजेट विनियोजन गरेको छ ।
आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वेदराज सिंहले सो क्षेत्रका लागि १० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट घोषणा गरेका हुन् ।
बजेटमा बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने, न्यूनतम १० हजार रोजगारी सिर्जना गर्नका लागि ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारासहितको योजना ल्याइएको छ ।
यस्तै, प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने उल्लेख गरिएको छ भने विपन्न समुदायको घर निर्माण कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
डोल्पाको रिग्म बस्ती विकास कार्यक्रम संचालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको छ भने हुम्लाको सिमीकोट पूर्वाधार विकास गरी नमूना एकीकृत पूर्वाधार विकासका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
जुम्लाको कनकासुन्दरीमा प्रशिक्षण तालिम केन्द्र भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
वातावरण अनुकुल, अपाङ्गमैत्री भवन निर्माणका लागि कानून तथा मापदण्ड तर्जुमा गर्न आवश्यक रकम बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए ।
जलवायु परिवर्तनबाट हुने विपदलाई कार्यान्वयन गर्दै हिमाली संकटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकीकृत वस्ती विकास आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया