टोपबहादुर रायमाझीको सांसद पद निलम्बन | Khabarhub Khabarhub

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सांसद टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्ने आदेश दिएको छ ।

उक्त आदेशसँगै नेकपा (एमाले) मा निलम्बित सचिवसमेत रहेका रायमाझीको सांसद पद निलम्बन भएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभरका लागि निलम्बनमा रहने व्यवस्था गरेको छ ।

नियम १४८ को उपनियम (३) मा भनिएको छ, ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

रायमाझीको पद निलम्बनमा परे पनि उनको पद भने गएको छैन । अब अदालतमा हुने बहसपछि अदालतले उनलाई अहिले लागेको अभियोग प्रमाणित भएमा भने उनको पद रिक्त हुनेछ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ५५ बजे

हुम्लाको सिमकोटमा हिमपातले जनजीवन प्रभावित

हुम्ला– हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित

नेपाल बार एशोसिएशनको राष्ट्रिय गोष्ठी सौराहामा सुरु

चितवन-  नेपाल बार एशोसिएशनकाे मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय

अमरेश सिंहले एनसेलविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– एनसेल शेयर खरिदबिक्री प्रकरणमा प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च

सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी

लमजुङ–  लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ

सन्दीपविरुद्ध मुद्दाकाे पेसी न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी न्यायाधीश पदमराज पाण्डेयको इजलासमा