काभ्रेमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

काभ्रेमा लागूऔषधसहित दुई जना पक्राउ


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका ८ बाट एक जना महिला र एक जना पुरुषलाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बनेपाले बिहीबार पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार जेठ ३२ गते राति ८ बजेको समयमा बनेपा–८ बाट भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका ९ का ३० वर्षीय युवक र काभ्रे तेमाल गाउँपालिकाकी १९ वर्षीया युवतीलाई लागूऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले खैरोहेरोइनजस्तो देखिने पदार्थ ६५ ग्राम, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार रुपैयाँ र आइफोन-११ एक थान बरामद गरेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिए ।

उनका अनुसार उनीहरुमाथि असार १ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ३९ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना