साथीको हत्या आरोपमा एक युवक पक्राउ | Khabarhub Khabarhub

साथीको हत्या आरोपमा एक युवक पक्राउ


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साथीको हत्या आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमाबाट एक युवकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ का १८ वर्षीय सुमन कुँवरको हत्या आरोपमा उनकै साथी तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका २२ वर्षीय ज्ञान बहादुर कुँवर पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत जेठ ३० गते साँझ ७ बजेतिर सुमन मृत अवस्थामा फेला परेका थिए । स्थानीय देवनाथ कुँवरको जस्ताले छाएको पक्की खाली घरमा सुमन मृत फेला परेपछि अनुसन्धानको क्रममा ज्ञान बहादुरले उनको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दान बहादुर थापाले बताए ।

डिएसपी थापाले मृतक र आरोपित दुबैजना केही समययता सँगसँगै खाने, बस्ने, घुम्ने गर्दै आएको र सोही क्रममा उत्पन्न भएको सामान्य विवादका कारण ज्ञान बहादुरले सुमनको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।

डिएसपी थापाका अनुसार दुबै जनाले गाँजा सेवन गरेपछि सामान्य विवाद हुँदा ज्ञानबहादुरले आफूभन्दा कम उमेरको भएर मुख लागेको भन्दै तत्काल आवेशमा आएर सुमनलाई चापाकलको ह्याण्डिलले प्रहार गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ५८ बजे

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ ।

गीत घरदेशी, व्यथा परदेशी 

नौ सय खोला तरेर जाने बिर्सने पो हो कि, मलाई

काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज

काठमाडौँमा आजदेखि कला उत्सव सुरु हुँदै

काठमाडौँ– काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो

नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै