एनआरएनए मलेसियाको अध्यक्षमा तीनजनाको उम्मेदवारी « Khabarhub

एनआरएनए मलेसियाको अध्यक्षमा तीनजनाको उम्मेदवारी


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि विनोद थापा, राकेश प्रसाद महतो र सन्तोष कार्कीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक खगेन्द्र न्यौपानेले जानकारी दिए ।

थापा वर्तमान अध्यक्ष हुन् भने २०२३–२५ को नयाँ कार्यकालको लागि पनि उम्मेदवारी दिएका छन् । उनले अघिल्लो कार्यकालमा नेपालीका लागि नेपाली भन्ने मुलनाराको साथ नेपाली श्रमिकहरूको दुःखसुखमा साथ सहयोगका साथ समस्यामा परेका नेपाली श्रमिकको उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले आफूले जित्ने दाबी गरे ।  

अध्यक्ष अर्का प्रत्यासी महतो र कार्कीले पनि विगत लामो समयदेखि मलेसियामा कार्यरत रहि थुप्रै सामाजिक कार्यहरूमा सक्रिय रहेकाले आफूलाई सबैको साथ रहने बताए ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा ईन्द्र नारायण लिम्बू र रन्जित कुमार क्षेत्रीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा अरुण गिरी, दिल कुमार केरुङ र हेम सापकोटाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा लिला मगर र युवा उपाध्यक्षमा नारायण अधिकारी, महासचिवमा कृष्ण प्रसाद नेपाल, विमलकुमार राना, टेक बहादुर अधिकारीले उम्मेदवारी दिएका छन्।

सचिवमा श्याम बहादुर श्रेष्ठ, विशुप्रसाद बराल, कोषाध्यक्षमा बालधोज लिम्बू, र युवा संयोजकमा राजु तामाङ, महिला संयोजकमा इन्दु बस्नेतले उमेदवारी दिएका छन् । एनआरएनएको अधिवेशन यही जुलाई ३० आइतबारका दिन होटल ग्रेण्ड कन्टिनेन्टलमा हुनेछ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ०० बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।