‘रोयल ट्रेक’ पदमार्गलाई प्रवर्द्धन गरिँदै « Khabarhub

‘रोयल ट्रेक’ पदमार्गलाई प्रवर्द्धन गरिँदै


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन् ।

तल्कालीन समयमा युवराज चाल्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए। उनले पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएको जनाइन्छ । यस्तै, दोस्रो दिन कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडा, तेस्रो दिन रुपाकोटको चिसापानी र चौथौ रात बेगनास तालको जङ्गलमा बिताएर चाल्स काठमाडौँ फर्किएको उल्लेख छ ।

युवराज चाल्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’को गरिमा र महत्त्वलाई जोगाउनका लागि यसको प्रवर्द्धन र विकासलाई कास्कीको रुपा गाउँपालिकाले प्राथमिकतामा राखेको छ । पछिल्ला समयमा यसको प्रवर्द्धनमा पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि जोड दिँदै आएका छन् ।

हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्य, घरबास आदिको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो हाइकिङको ३६औँ शृङ्खला रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।

उनले संरक्षण र प्रवर्द्धनको अभावमा पदमार्गहरू हराउँदै गएको वास्तविकतामा ऐतिहासिक महत्त्वको रोयल ट्रेकको महत्त्वलाई उजागर गर्ने लक्ष्यका साथ हाइकिङ सम्पन्न गरेको बताए । 

विगत तीन वर्षदेखि क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार हाइकिङ सञ्चालन गर्दै आएको उनको भनाइ छ । पोखरामा रही विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध ५० जनाभन्दा बढी व्यक्ति हाइकिङमा सहभागी भएको बताउँदै उनले यसबाट रोयल ट्रेक र यसको महत्त्व सम्बन्धमा सचेतना जगाएको उल्लेख गरे ।

पचभैयाबाट सुरु गरिएको हाइकिङ रुपाताल, झोलुङ्गेपुुल, भङ्गरा, जमनकुना, रुपाकोट रिसोर्ट हुँदै हात्तीमैता भ्यूटावरमा पुगेर सम्पन्न भएको थियो । रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाका अनुसार यस पदमार्ग क्षेत्रको प्रवर्द्धन र विकासमा रुपा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाले रुपातालको छेउबाट हात्तीमैतासम्म छ किलोमिटर सिँढीबाटो निर्माण गरेको उनको भनाइ छ ।

पदयात्रासँगै धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला आदिको रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने यहाँबाट बेगनास, रुपा हुँदै फेवाताल, पोखरा तथा लेखनाथका दृश्यमा पर्यटक लोभिने गरेका छन् । तत्कालीन द्वन्द्वकालीन समयमा यो पदमार्ग सुनसान बनेको यहाँका स्थानीयवासी बताउँछन् ।

द्वन्द्वपछिका अवस्थामा पनि देशको राजनीतिक अस्थिरता, कोभिडको महामारी आदिले प्रभावित बनेको यहाँको पदयात्रा पर्यटनलाई बढाउने कुरामा गाउँपालिकाले सक्रियता देखाएको छ । 

रोयल ट्रेकको महत्त्वलाई उजागर गर्दै पर्यटकको आगमन बढाउन सकिएमा यहाँका स्थानीय उत्पादनले बजार पाउने र होटल तथा अन्य व्यवसायले गति लिने अपेक्षा गरिएको स्थानीय समाजसेवी एवं ध्रुवतारा युवा क्लबका अध्यक्ष त्रिविक्रम केसीले बताए ।

यहाँको पर्यटकीय सम्भावना देखेर युवाहरूको सक्रियतामा हात्तीमैता भ्यूटावर रेष्टुरेन्ट एन्ड होमस्टे सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । समुद्री सतहबाट एक हजार तीन सय ५० मिटर उचाइ रहेको हात्तीमत्ता भ्यूटावर रहेको स्थानमा टेन्टमा प्रत्येक रात १५ जनासम्म बस्न सक्ने व्यवस्था मिलाइएको र होमस्टेमा अरु १५ जना बस्न सक्ने व्यवस्था छ ।

‘भ्यूटावर’ नजिकै मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको कालभैरव मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थल हो । मनले चिताएको पुग्ने विश्वासका कारण मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीहरू आउने गरेको स्थानीयवासी रमेश गुरुङले बताए । 

मन्दिरमा प्रत्येक वर्षको बडादशैँ र चैतेदशैँमा विशेष पूजाआजा हुने उनले जानकारी दिए । रोयल ट्रेकको ऐतिहासिकता र महत्त्वलाई उजागर गर्न सकिएमा पर्यटनबाट यस क्षेत्रको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ३५ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील