तनावमुक्त हुन सम्मोहन विधि | Khabarhub Khabarhub

तनावमुक्त हुन सम्मोहन विधि


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय उपचारका लागि चिकित्सकीय विद्यासँगसँगै अन्य विधिलाई पनि अबलम्बन गर्नेक्रम बढ्दै गएको छ। कतिपय व्यक्ति सम्मोहन विधिबाट उपचारको प्रक्रिया सुरु गर्छन्। यसले जति औषधि सेवन गरेर वा उपचार गरेर पनि निको नभएको व्यक्तिलाई उपचार गराएपछि ती व्यक्तिले जीवनदान पाएको अर्थात् रोगबाट मुक्ति पाएको बताउने गरेका छन्। यो सम्मोहन विधिलाई तन्त्र विद्यासँग पनि जोडेर हेर्ने गरिन्छ। कतिपय सन्दर्भमा यसलाई नै ठगी खाने भाँडो पनि बनाएका छन्। सम्मोहन विधि यसको प्रयोग र नेपालमा यसको आवश्यकता कतिको छ ? लगायतका विषयमा आधारित रहेर नेशलन हेप्नोसिस एकेडेमीका अध्यक्ष राजकुमार प्याकुरेलसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

सम्मोहन विधि भनेको के हो ?
सम्मोहन भनेको ‘अल्टर स्टेट अफ कन्ससनेस’ हो। यो चेतनाको परिवर्तीत अवस्था हो। यसमा सर्जरी गर्ने इन्जेक्सन दिने होइन। मैले यसलाई संस्था दर्ता माध्यमबाट र महानगरको स्वीकृति अनुसार विशुद्ध शैक्षिक र मोटिभेसनल प्रपोचमा अगाडि बढाएको छु। तर मान्छेहरूले स्वास्थ्य माथिको खेलबाड गरेको भनेर हल्ला फिँजाएका छन्। त्यो गलत हो।

सम्मोहन विधि कसको आवश्यकता हो, कस्तो व्यक्तिले अपनाउन सक्छन् ?
सम्मोहन विधि ‘त्राटक’मा राखिन्छ। यो त्राटक भनेको विचार शून्य अवस्थामा लैजाने हो। त्यही शून्यतालाई अर्को व्यक्तिको मस्तिष्कमा राखिन्छ। सबैभन्दा पहिला म गर्दैछु भनेर उसलाई भनिन्छ। त्यसपछि उसको शरीरको चाललाई केही हदसम्म सामान्य गराइन्छ। त्यसपछि उसको मस्तिष्कलाई अल्टर स्टेट अफमा लाने कोसिस गरिन्छ। जहाँ उ व्यक्तिलाई कतिपय अवस्थामा थाहा पनि हुँदैन। तर त्यसको क्लनीकल भ्यालु कति भनेर अध्ययनले देखाउने कुरा भयो। तर यहाँ सम्मोहन भन्ने बित्तिकै यो खराब हो। यो धामी झाँक्रीले मात्र गर्ने हो भनेर भनिन्छ।
‘ट्रान्स’ भन्ने एउटा शब्द छ। व्यक्तिलाई ट्रान्समा कसरी लैजाने, अहिले जो व्यक्ति पनि ट्रान्समा जान चाहन्छ। रक्सी सेवन गरेर हुन्छ कि के गरेर सबै भन्दा ठुलो कुरा भनेको नै आनन्द हो।

यो कस्तो व्यक्तिलाई चाहिन्छ त ?
यो आफूभित्र भएको राम्रो क्षमतालाई बाहिर ल्याउन चाहनेलाई आवश्यकपर्छ। विशिष्टीकृत सेवा जस्तै कुनै पनि विशेष किसिमका रोग, मानसिक स्वास्थ्य अन्तर्गत जति पनि डिसअडर लिस्टीङ गरिएको छ। त्यसलाई म यसो गर्छु, त्यसो गर्छु भन्छन् भने त्यो आपराधिक क्रियाकलाप हुनसक्छ। तर कोही व्यक्ति भित्र भएको योग्यतालाई अगाडि ल्याउन सकिन्छ, स्मरणलाई अगाडि ल्याउन सकिन्छ। जसको कारणले उ मानसिक समस्याबाट बाहिर आउन सक्छ भने त्यो गलत होइन।

यो प्रक्रियामा तपाईं के देखेर समाहित हुनुभयो ?
मैले आफू पढ्दै गर्दा आध्यात्मिक रूपमा सम्मोहन, योग तन्त्रका साधना गर्दै आएको हुँ।

तपाईंकोमा कस्ता व्यक्ति आउँछन् ?
जो आफ्नो जीवनमा अगाडि बढ्न चाहन्छन् त्यस्तो व्यक्ति आउँछन्। सामान्यतया व्यक्तिलाई बोलेर काउन्सिलिङ गर्दा त्यसले कत्तिको प्रभाव पर्छ। कतिसम्म उसले ग्रहण गर्न सक्छ भन्ने कुरा रहन्छ। मनैदेखि जाँगर जगाएर मोटिभेट गर्यो भने त्यो प्रभावशाली हुन्छ। त्यस कारण हरेक व्यक्तिलाई आवश्यकता छ। यो यौगिक साइन्स भित्र पनि पर्छ।

यो प्रक्रियामा सहभागी हुन चाहने व्यक्तिले पाउनको लागि कति सहज वा कठिन हुन्छ ?
यो दिन गाह्रो छैन। दिन त जसलाई यो ज्ञान छ उसले दिनसक्छ। लिने व्यक्तिले कुनै पनि बेला लिनसक्छ। मैले आयोजना गर्ने तालिम छन् त्यसमा मैले यसको इतिहास र विश्वमा यसको प्रयोग कस्तो छ र अध्ययनले के भन्छ भनेर बुझाउँछु।

मन चलेको तर शरीर नचलेको जस्तो देखिन्छ। त्यसमा छुने र हेर्ने पक्रिया के भएर गरिन्छ ?
स्पर्श गर्ने त्यसको पनि आफ्नै विज्ञान छ। जस्तो ‘कन्सस माइन्ड’लाई सुताउनको लागि स्पर्श गर्नुपर्ने हुन्छ। ता कि त्यो ट्रान्समा जाओस् र ब्रेन सक्रिय होस्। कुनै माध्यमबाट संकेतहरु भित्र जान्छ र उ ट्रान्समा जान्छ । उसका अगाडिका कुराहरू बाहिर जान्छन् र रुने कराउने हुन्छ।

यो प्रक्रिया कस्तो व्यक्तिले अपनाउनु पर्ने हो ?
नकारात्मकतालाई हटाएर सकारात्मकतालाई अगाडि ल्याउन चाहने सबै व्यक्तिको चाहना हुन्छ। योग किन गर्ने त आनन्दको लागि हैन। यो पनि त्यसकै लागि गर्ने हो।

अहिलेको समयमा मानसिक स्वास्थ्यका घटना बढेका छन्, धेरैले आत्महत्या गरेका घटना सार्वजनिक भइरहेका छन्। मानसिक समस्या भएका व्यक्तिलाई सम्मोहन विधिबाट समाधान गर्नसक्ने सम्भावना कत्तिको छ ?
स्वास्थ्य मन्त्रालयका उपसचिवले मानसिक स्वास्थ्य प्रमुख मुद्दा हो भन्नु हुन्छ। मानसिक स्वास्थ्यलाई रणनीति तथा कार्य योजनाले यो गर्नुपर्छ। यो महत्त्वपूर्ण छ भन्नु हुन्छ। यो आत्महत्याका विषयमा यसलाई कार्यविधि बनाएर अगाडि जानुपर्छ भन्ने छैन। यसलाई रोक्न कुनै सम्मोहन विधिलाई अपनाएर कुनै चिकित्सक राखेर यसलाई अगाडि बढाउनुपर्छ। नेपालको लागि सम्मोहन विधि निकै आवश्यक छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ३० बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका