इन्धनमा भोलिदेखि स्वचालित मूल्य कार्यान्वयनमा « Khabarhub

इन्धनमा भोलिदेखि स्वचालित मूल्य कार्यान्वयनमा


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । निगमले २०८० साल साउन १ गतेदेखि इन्धनमा पूर्ण रूपमा स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने जनाएको छ ।

निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागू गरिने निगमले जनाएको छ । 

यसअघि मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेल र मट्टितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।  

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ५० बजे

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको