अर्थमन्त्री महत भारत प्रस्थान « Khabarhub

अर्थमन्त्री महत भारत प्रस्थान


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् ।

भारतको गुजरातस्थित गान्धीनगरमा भोलिदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान गरेका हुन् ।

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् । अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किने छन् ।

नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउने छन् ।

जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका सत्रमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइनेछन् । बैठकको अध्यक्षता भारतीय वित्तमन्त्री निर्मला सीतारमण र रिजर्भ बैंक अफ इन्डियाका गभर्नर डा शक्तिकान्त दासले संयुक्तरुपमा गर्नेछन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १२ : ०२ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास