सुडान द्वन्द्व : ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण « Khabarhub

सुडान द्वन्द्व : ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खार्तुम- सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ ।

उक्त समूहले अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको र आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आक्रमणमा अरु २२ जना गैरसैनिक नागरिक घाइते भएको सुडानी सेनाले जनाएको छ । यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी गरेको छैन ।

राजधानी खार्तुमको उत्तरपश्चिममा अवस्थित ओम्दुरमानको मिलिटरी मेडिकल कोर अस्पतालको आपतकालीन परिसरमा आक्रमण गरेर आरएसएफले अन्तर्राष्ट्रिय मानवीय कानून र युद्धका सबै नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ । आक्रमणमा परेको अस्पतालबाट त्यसको स्थापनाकालदेखि नै नागरिक र सैन्य कर्मचारीलाई सेवा प्रवाह हुँदै आएको थियो ।

गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छभने छ हजारभन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  २ : ५६ बजे

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा