विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलीग्रामसहित कञ्चनपुर बेलडाँडी गाउँपालिका-४ बैबाह बस्ने २० वर्षीया कबिता बस्नेत समेत तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकै धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्रामसहित सोही उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका-२ घर भएका २२ वर्षीय मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका-५ बस्ने २४ वर्षीय आकाश भट्टलाई नियन्त्रित लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रबि चौधरीलाई  प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

झापाको शिबसताक्षी नगरपालिका-५ स्थितबाट अवैध लागुऔषध गाँजा करिब १ केजी  ३ सय ९६ ग्रामसहित तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय दीपक राई, २० वर्षीय जितेन ताजपुरिया र  सोही नगरपालिका-५ बस्ने लजमुना खातुन रहेका छन् । 

ईलाका प्रहरी कार्यालय शिबगंजबाट खटिएको प्रहरीले थोरै गाँजासहित दिपकजितेनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त गाँजा लजमुना खातुनबाट किनेर ल्याएको खुल्न आएपश्चात उनको घर  तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।

झापाकै दमक नगरपालिका-३ स्थित बेल्डागी भुटानी शिविर सेक्टर बी ३ छाप्रा नम्बर २८७ मा बस्ने पाँचथर घर भएका २४ वर्षीय राजु राईलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

राजुले लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले छाप्रो तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित गोरखा आबुखैरेनी गाउँपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले बा.प्र०३-००१ च १६८८ नम्बरको गाडीलाई सोही उपमहानगरपालिका-४ कर्रामा जाँच गर्दा उक्त परिमाणको गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका-१० बस्ने २८ वर्षीय सगुन थापा र सोही नगरपालिका-९ बस्ने २९ वर्षीय उज्वल जंग थापा रहेका छन् । 

प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०२७ प ७३६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ३ : २६ बजे

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाममा ल्याइयो

जनकपुरधाम –  नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

हैदरावादलाई हराउँदै कोलकाता आईपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा