वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गरौँ : महामन्त्री शर्मा « Khabarhub

वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गरौँ : महामन्त्री शर्मा


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले भने– “सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु ।”

हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएको उहाँले गुनासो गरे । “ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवाद मार्फत समस्या टुङ्गोमा पु¥याउने विषयमा सरकार गम्भीर हुनुपर्छ”, महामन्त्री शर्माले भने । महामन्त्री शर्माले आजै नयाँ बानेश्वरमा ट्रेड युनियन कांग्रेसले गरेको प्रदर्शनमार्फत समेत न्यूनतम ज्याला निर्धारण गर्ने सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर रहेको गुठीसँग सम्बन्धित समस्या समाधानका निम्ति आग्रह गरे । उनले भने, “हाम्रो सरकार, हाम्रा राजनीतिक दल सबै हामी समाजवादी हौँ भन्छौँ र किसानलाई न्याय दिन्छौँ भन्छौँ तर जसले पुस्तौँदेखि जमिन जोतीरहेको छ,  तर आज पनि उनीहरुको जमिन दर्ता हुन सकेको छैन ।”

सिन्धुपाल्चोकका अधिकांश नागरिक गुठी समस्याले पीडित भएको उनले उल्लेख गरे । सांसद सोविता गौतमले देशका विभिन्न क्षेत्रमा भएका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, “संसारमा यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ, उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ, यो नियामकीय असक्षमता हो ।” उनले नेपालमा हवाईसम्बन्धी पृथक, विशिष्टीकृत र सशक्त नियामक निकायको आवश्यकता औँल्याइन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ३ : ५१ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको